नेपाललाई फेरि विश्वकप खेल्ने सुनौलो अवसर
सारांश
- नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप २०२६ को छनोटमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
- विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ।
- सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट फाइनल खेलमा नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा नेपालले पहिले खेलमा कुवेतसँग खेल्नेछ भने दोस्रो खेलामा जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको एक खेलमा मात्र सहज जित निकाले नेपालले सुपर सिक्समा स्थान बनाउने पक्का छ ।
विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
नेपाललाई यो पटक सुपर सिक्समा स्थान बनाउने सुनौलो अवसर रहेको छ । सुपर सिक्सबाट पनि शीर्ष तीनमा रहँदै विश्वकप खेल्ने नेपालले यो सुनौलो अवसर हो । छनोट प्रतियोगितामा नेपाल सहित ९ टोली रहेका छन् । जसमा जापान, कुवेत, युएई, कतार, मलेसिया, ओमान, पुपुवा न्युगिनी र सामोआ रहेका छन् ।
यसमध्ये नेपालले मलेसिया, पपुवा न्युगिनी, कतार, कुवेत र ओमानलाई हराइ सकेको छ । त्यसैले पनि नेपाललाई सहज हुनेछ ।
नेपाली टोलीः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण