आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

नेपालसँग कतार पराजित

मङ्गलबार, २१ असोज २०८२, ०० : २५
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • नेपालले टी-२० विश्वकप एसिया छनोटको अभ्यास खेलमा कतारलाई १६ रनले पराजित गर्यो।
  • नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतार १५४ रनमा समेटियो, जसमा मोहम्मद तनबिरले ५१ रन बनाए।
  • कुशल भुर्तेलले ५६ रन बनाए भने करण केसीले ३ विकेट लिए।

काठमाडौँ। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ ।

ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सोमबार सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो ।

नेपालले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १५४ रनमा समेटियो । कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै  मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० तथा मोहम्मद असिमले ३० रन बनाए ।

नेपालका लागि करणले केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो । नेपालका कुशल भुर्तेलले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन बनाए भने कुशल मल्ल २९ बलमा एक चौका र दुई छक्कासहित ३८ रनमा अविजित रहे । आरिफ शेखले १३, ओपनर आसिफ शेखले ११ तथा  रोहित पौडेलले आठ रन बनाए ।

कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान दुई/दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप