मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपले पुटिनलाई कुटनीतिक फाइदा लिने अबसर

मङ्गलबार, १९ असार २०७५, १३ : ०६
मङ्गलबार, १९ असार २०७५

मस्को–केहि अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् १९९९ पछि पहिलो पटक दक्षिण कोरियाली नेताले गरेको रसियाको आधिकारिक भ्रमणको क्रममा स्वागत गरे । यो भेट पुटिनले विश्वकप शुरु भएपछि गरेका अन्तराष्ट्रिय पाहुनाहरुसँगको भेटको श्रृङ्खलामा एक हो । 

विश्वकप फुटबलको अबसरमा आफ्नो टिमको खेल हेर्न र उनीहरुलाई प्रोत्साहन गर्नको लागि प्रतियोगितामा सहभागी देशका नेताहरु आयोजक देशको भ्रमण गर्ने चलन पहिले देखिको हो । यही परम्परालाई निरन्तरता दिदैं कयैन अन्तराष्ट्रिय नेताहरु रसियाको भ्रमण गरेका छन् । 

विश्वमञ्चमा विस्तारै एक्लिदै गएका जस्तो देखिएका पुटिनलाई विश्वकपले पश्चिमका आफ्ना विरोधीहरुलाई तिनको प्रयासको बाबजुद आफू कुटनीतिमा सफल रहेको देखाउने अबसर प्रदान गरेको छ । किनकी प्रतियोगिताले उनलाई आफ्नो कुटनीति बढाउने अबसर प्रदान गरेको छ ।

यो छोटो समयमा उनी विश्व नेताहरुसँग सिरिया देखि उत्तर कोरियासम्म विषयमा छलफल गरिरहेका छन् । भेटको श्रृङ्खलाहरुले गर्दा पुटिन हाल अन्तराष्ट्रिय मुद्धाहरुको केन्द्रमा छन् जस्तो भान परिरहेको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्रि पेस्कोभले विश्वकप अघि रिपोर्टहरुसँग बोल्दै यो प्रतियोगिता फुटबल अतिरिक्त रुसि कुटनीतिको उत्सब हुने बताएका थिए ।

“धेरै राष्ट्र प्रमुख र सरकार प्रमुखहरु विभिन्न खेलमा निरन्तर आउनेछन्,” उनले भनेका थिए ।

“यो खेलको मात्र विश्वव्यापी विशाल उत्सब हुने छैन । उच्च तहका पाउनाहरुको सघन भ्रमणको पनि अवसर हुनेछ ।”
समूह चरणमा मेक्सिकोसँग भएको आफ्नो टिमको खेल हेर्न आएका मून जाई–ईनले खेल अघि क्रेम्लिनमा पुटिनसँग भेटेका थिए । उनी विश्वकप शूरु भएपछि रसिया भ्रमण गर्ने कम्तिमा पनि सात उच्च स्तरका नेतामध्य एक हुन् । 

पाश्र्व कुटनीति
विश्वकपमा रसिया र साउदी अरबबीच भएको पहिलो खेलमा पुटिन साउदी अरबका युबराज मोहम्मद बिन सलमानसँग बसेर खेल हेरिरहेका देखिएका थिए । खेलमा साउदीलाई ५–० ले हराएको भए पनि साउदी युवराज पुटिनसँग जिस्किदैं हाँसिरहेको देखिन्थ्यो ।

त्यस्तै समूह चरणका अन्य खेलहरुमा पनामा र सेनेगलका नेताहरु रसिया आएका थिए । उक्त क्रममा उनीहरुले पुटिनसँग पनि भेटघाट गरे ।

क्रेमलिन नगए पनि जापानी राजकुमारी ताकामादो विश्वकपमा जापानको खेल हेर्न रसिया गएकी थिइन् । ताकामादोको भ्रमण कुनै पनि जापानी शाहि परिवारका सदस्यबाट १०२ वर्ष पछि भएको रुसी भ्रमण भयो । पछिल्लो पटक जापानी शाही परिवारका सदस्यले सन् १९१६ मा रुसको भ्रमण गरेका थिए ।

मूनसँगको भेटमा पुटिनले कोरियाली प्रायद्विपमा पछिल्लो समय चलिरहेको सहमतिको प्रयासबारेमा छलफल गरे । रुसले उत्तर कोरियासँग आफूहरुको पनि सीमा जोडिएको र विगतको कोरियाली युद्धमा प्रत्यक्ष रुपमा सहभागी भएको कारणले उक्त शान्ति प्रयासमा चासो व्यक्त रहेको बताए ।

तर क्रेमलिन अवलोकनकर्ताहरुले पुटिनका अधिकांश पाहुनाहरु पहिलेनै पुटिन प्रति नरम रहेका राष्ट्रका प्रतिनिधि भएको औंलाएका छन् । विश्वकपको उद्घाटन कार्यक्रममा सहभागी अधिकांश नेताहरु ल्याटिन अमेरिकाका थिए ।
बेलायत र फ्रान्सजस्ता देशहरुको फुटबल टिम माथिल्लो चरणमा अघि बढीरहदाँ अझै तिनका नेताहरु भने रुस आएका छैनन् । क्रेमलिनले सिरियामा चालेको कदम र बेलायतमा शरण लिइरहेका पूर्व रुसी जासुसमाथि भएको विष आक्रमणमा रुसको आशंकाका कारण रुसको यी दुई देशसँग मतभेद छ ।

तर मैदानको परिणामले पनि त्यो गतिरोधमा पुटिनको पक्षमा कुटनैतिक उपलब्धी हासिल हुने देखिन्छ । 

उदाहरणको लागि फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोले आफ्नो फुटबल टिम सेमिफाइनल पुगे खेल हेर्न रुस जाने बताएका छन् ।

शनिबार फ्रान्सले अर्जेन्टिनालाई हराएर क्याटर फाइनल प्रबेश ग¥यो । यो जीतले माक्रोको रुसको भ्रमणको सम्भावना बढाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप