यसरी तालमा परिणत भए वीरगञ्ज महानगरका बस्ती (फोटोफिचर)
मङ्गलबार, १९ असार २०७५, १३ : ४३
पर्सा– तीन दिन देखि लगातार परेको अविरल वर्षाका कारण वीरगञ्ज महानगरका विभिन्न स्थान डुवानमा परेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सोमबार राती सिर्सिया नदीमा पानीको सतह बढेपछि वीरगञ्ज महानगरपालिका विभिन्न वडाहरु डुबानमा परेका हुन् ।
वीरगञ्ज महानगरपालिकाको सिर्सिया, अलौं, नगवा, छपकैया, अशोकबाटिका रामगढवा, लगायतका क्षेत्रमा समेत घरहरु डुबानमा परेका छन् ।
घरहरु डुबेको भएपनि मानवीय क्षति भने अहिलेसम्म नभएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखाका सरफुद्धिन मियाँले नगरको विभिन्न ठाउँमा वर्षाले समस्या निम्त्याएको र समाधानका लागि बिहानैदेखि नगरपालिकाका कर्मचारीहरु खटेको बताए ।
स्काभेटरको सहायताले बिहानैदेखि नगरका विभिन्न स्थानमा पानीको निकास गराउने काम भइरहेको सरसफाई शाखाका सरफुद्धिन मियाँले बताए ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण