माइतीघरमा ‘बालेन र सुदनलाई पक्राउ गर’ भन्दै ब्यानर टाँस
बुधबार, २२ असोज २०८२, २२ : ४२
सारांश
- काठमाडौं महानगरका मेयर बालेन शाह र सुदन गुरुङलाई पक्राउ गर्न माग गर्दै एमाले निकट युवाहरूले ब्यानर टाँसेका छन्।
- बुधबार राति माइतीघर चोकमा 'सुदन गुरुङ र बालेन शाहलाई पक्राउ गर' लेखिएको ब्यानर टाँगिएको थियो।
- यसअघि केपी ओलीलाई कारबाहीको माग गर्दै राखिएको ब्यानर हटाएर नयाँ ब्यानर राखिएको हो।
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई पक्राउ गर्न माग गर्दै एमाले निकट युवाहरूले बुधबार राति माइतीघरमा ब्यानर टाँसेका छन् ।
बुधबार राति माइतीघर चोकमा ‘सुदन गुरुङ र बालेन शाहलाई पक्राउ गर’ लेखिएको ब्यानर टाँसिएको हो । यसअघि सोही स्थानमा केपी ओलीलाई कारबाही गर्न माग गर्दै राखिएको ब्यानर हटाएर एमाले निकट युवाहरूले नयाँ ब्यानर टाँसेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण