अभिनेता अनमोल केसी बिरामी
शुक्रबार, २४ असोज २०८२, १३ : १२
सारांश
- अभिनेता अनमोल केसी केही दिनदेखि ज्वरोका कारण बिरामी परेका छन्।
- स्वास्थ्य जाँचका लागि अस्पताल लगिए तापनि उनको ज्वरो घटेको छैन।
- अनमोल बिरामी भएका कारण फिल्म 'जेरी अन टप' को ट्रेलर रिलिजमा सहभागी भएनन्।
काठमाडौँ । अभिनेता अनमोल केसी बिमारी परेका छन् । केही दिनदेखि उनलाई ज्वरोले सताएको छ । ज्वरोका कारण उनी केही दिनदेखि घरमा आराम गरिरहेको उनका बुबा भुवन केसीले जानकारी दिएका छन् ।
भुवनका अनुसार उनलाई बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल पनि लगिएको थियो । तर पनि उनको ज्वरो घट्न सकेको छैन ।
अनमोल बिरामी भएका कारण शुक्रबार आयोजित फिल्म ‘जेरी अन टप’ को ट्रेलरमा रिलिज कार्यक्रममा पनि सहभागी हुन सकेनन् ।
फिल्म ‘जेरी अन टप’ आगामी असाेज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा अनमोलको अलावा आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण