अपडेट
डोटीमा गाडी दुर्घटना, एक महिलाको मृत्यु, ६ बालबालिकासहित २१ घाइते
शनिबार, २५ असोज २०८२, ०८ : ४०
सारांश
- डोटीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, जसमा ६ बालबालिकासहित २१ जना घाइते भएका छन्।
- अछामबाट धनगढी आउँदै गरेको गाडी भीमदत्त राजमार्गमा दुर्घटनाग्रस्त भएको हो।
- प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण दुर्घटना भएको देखाएको छ, र घाइतेहरुको उपचार भइरहेको छ।
धनगढी । डोटीमा आज बिहानै एउटा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन् ।
अछामबाट धनगढीका लागि छुटेको सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा परेको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ । प्रहरीका अनुसार, गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण