मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीटजरल्याण्डलाई हराउँदै स्वीडेन क्वाटरफाइनलमा

मङ्गलबार, १९ असार २०७५, २१ : ४८
मङ्गलबार, १९ असार २०७५

एजेन्सी । एमिल फ्रोसबर्गको एक मात्र गोलको मद्दतले स्वीटजरल्याण्डलाई पराजित गर्दै स्वीडेनले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको छ 

बुधबार भएको खेलमा स्वीडेन १–० गोलले विजयी भएको हो ।

सन् १९९४ पछि विश्वकपको दोस्रो चरण पार गरेको स्वीडेनले यो पहिलो अवसर हो ।

खेलमा बलमाथि नियन्त्रण राखे पनि स्वीटजरल्याण्डले त्यसलाई गोलमा परिणत गर्न सकेन ।

१८ पटक विपक्षीको पोष्टमा आक्रमण गर्दा स्वीटजरल्याण्डको प्रहार मात्र ४ पटक लक्ष्यमा लाग्यो ।

यसैबीचमा फ्रोसबर्गले खेलको ६६ औँ मिनेटमा गोल गरेपछि त्यो नै निर्णायक बन्न पुग्यो ।

खेलको अन्तयरित डिफेन्डर माइकल लाङले रातो कार्ड खाएपछि स्वीटजरल्याण्ड १० खेलाडीमा सिमित बनेको थियो ।

दुई टोली विश्वकपमा भेट भएको यो अवसर थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप