'जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले कमजोर बनाउन सक्दैन'
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै कुनै पनि राजनीतिक दल सुरक्षित रहन सक्ने बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित नेकपा एमाले सुर्खेतको एक कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन् ।
‘जनताको घर–घरमा पुगौं, उनीहरूलाई वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔं,’ उनले भने, ‘जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले कमजोर बनाउन सक्दैन, त्यो कुरामा सबैले ध्यान दिनुहोस् ।’
मुख्यमन्त्री कँडेलले अहिलेको समय राजनीतिक दृष्टिले अत्यन्त संवेदनशील रहेको पनि बताए । त्यसैले कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय हुन निर्देशन दिए । उनले थपे, ‘इतिहासमै पहिलो पटक राजनीतिक असुरक्षाको स्थिति सिर्जना भएको छ, त्यसैले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन आवश्यक छ ।’
राजनीति भनेको जनसम्पर्क भएको र जनता शक्ति भएकाले गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्याउनुपर्ने कँडेलको भनाइ थियो ।
साथै, कँडेलले एमालेमाथि चारैतिरबाट प्रहार भइरहेको पनि दाबी गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण