खस भाषाको जगेर्ना र पुस्तान्तरणमा 'खसिया आखर’ शब्दकोशको लोकार्पण
सुर्खेत । कर्णालीको सामाजिक विकास मन्त्रालयद्वारा प्रकाशित खसिया आखर’ नामक खस भाषाको शब्दकोश लोकार्पण गरिएको छ ।
जुम्ला निवासी लेखक रामानन्द आचार्यद्वारा लिखित उक्त शब्दकोशको लोकार्पण मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौँको सहकार्यमा बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको हो ।
सो अवसरमा बोल्दै कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले नेपाली भाषाको मातृभाषाका रूपमा रहेको खस भाषाको जगेर्ना र पुस्तान्तरणमा यस शब्दकोशले महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा व्यक्त गरे ।
उनले भाषा र संस्कृतिको पुस्तान्तरणका लागि यस्ता पुस्तकहरू मार्गदर्शन बन्ने कुरामा जोड दिए । खस भाषाको संरक्षण र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भण्डारीले बताए ।
साथै, स्थानीय तहमा खस भाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठन र व्यावहारिक कार्यान्वयनका लागि सरकारले अभियानका रूपमा अगाडि बढाउने पनि उनको भनाइ छ।
मन्त्री भण्डारीले योगी नरहरिनाथका कृतिहरूको सङ्कलन तथा अभिलेख गर्ने, कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकहरूको सङ्कलन गर्ने लगायतका कार्यहरू पनि मन्त्रालयद्वारा गर्न लागिएको जानकारी दिए ।
खस भाषा शब्दकोश प्रकाशनको जिम्मेवारी मन्त्रालयलाई दिएकोमा कृतज्ञता प्रकट गर्दै उनले लेखक रामानन्द आचार्यको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा भाषाशास्त्री तथा विद्वान प्राध्यापक डा. माधव प्रसाद शास्त्रीले शब्दकोश प्रकाशनले कर्णालीको भूगोल र शिर उच्च राख्ने कार्य भएको बताए ।
'कर्णालीको एक छाती चौडा भएको छ, भूगोलको एक चुचुरो थपिएको छ,’उनले भने, शब्दकोश लेख्ने कार्य सजिलो छैन, यो जटिल कार्य गर्ने साहस गर्नुभएकोमा हामी गौरवान्वित भएका छौँ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य डा. मधुसुदन गिरीले कर्णालीका सांस्कृतिक सम्पदाहरूको चर्चा गर्दै यसको संरक्षण र जगेर्नाका लागि अभियान चलाउन जरुरी भएको बताए ।
उनले 'खसिया आखर’ शब्दकोशले कर्णालीको खस भाषा बुझ्न र अध्ययन गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण