शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

ओमानलाई घरेलु मैदानमा हराउँदै विश्वकप छनोटको ट्रफी नजिक नेपाल

बिहीबार, ३० असोज २०८२, ०० : ०७
बिहीबार, ३० असोज २०८२

सारांश

  • नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै छनोट प्रतियोगिताको ट्रफी उचाल्ने सङ्घारमा पुगेको छ।
  • नेपालका लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले भने गुलशन झाले ३ विकेट लिए।
  • ओमानका विरूद्धको खेलमा जित निकाल्दै नेपाल ८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाडौँ । ओमानलाई आईसीसी टी–ट्वान्टी विश्वपक एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा हराउँदै नेपाल छनोट प्रतियोगिताको ट्रफी उचाल्ने सङ्घारमा पुगेको छ । 

बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो । अल इमिरेट्स मैदानमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनायो । 

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै मोहम्मद नदीमले २५ रन बनाउँदा कप्तान जितेन्द्र सिंहले १४ रनको योगदान गरे । 

nepal today 2

नेपालका लागि गुलशन कुमार झाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै  १५१ रन बनाएको थियो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले २४ रन बनाउँदा गुलशन झाले १८ रन जोडे । 

ओमानका लागि नदीम खानले सर्वाधिक चार विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चे । त्यस्तै सुफ्यान मोहमोद र जितेन्द्र कुमार रमानन्दीले दुई दुई विकेट लिए । 

आजको खेलमा जित निकाल्दै नेपाल ४ खेलबाट ८ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पराजित ओमानको ६ अङ्क छ । ओमान तालिकाको दोस्रो स्थानमा छ । दुवै टोली विश्वकपमा छनोट भइसकेका छन् ।

nepal today 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप