इनास एसिया संयोजकमा गीतकार पाण्डे
बिहीबार, ३० असोज २०८२, १४ : ३८
सारांश
- गीतकार दयाराम पाण्डे इनासको एसिया क्षेत्रीय संयोजकमा निर्वाचित भएका छन्।
- पाण्डे यसअघि इनास नेपालको अध्यक्ष थिए र उनको कार्यकाल दुई वर्षको हुनेछ।
- इनास नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो।
काठमाडौँ । गीतकार दयाराम पाण्डे अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको एसिया क्षेत्रीय समितिको संयोजकमा निर्वाचित भएका छन् । काठमाडौँमा बुधबार आयोजित ‘छैटौँ इनास ग्लोबल महाधिवेशन– २०८२’ बाट पाण्डे एसिया संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् ।
उनको कार्यकाल दुई वर्ष (२०२५–२०२७) को हुनेछ । उनी यसअघि इनास नेपालको अध्यक्ष थिए । इनास सन् २०१२ मा पोल्यान्डबाट सुरु भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र सम्बद्र्न गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण