बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रायोजन

बिहीबार, ३० असोज २०८२, २० : ३७
बिहीबार, ३० असोज २०८२

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गर्ने भएको छ । 

आगामी मङ्सिर १८ गते पहिलो पटक आयोजना हुन लागेको यस अवार्डलाई केल्मीले सहयोग गर्ने भएको हो ।

बिहीबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज शोरुम प्रतिनिधि सिर्जना थपलियाबिच सम्झौतापत्र आदान–प्रदान भयो ।

खेलाडी र खेलकर्मीको उपलब्धिलाई सम्मान गर्ने यस कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताइन् । उनले खेल क्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबल बढाउने उल्लेख गरिन् ।

रङ्गशाला नेपाल मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको यस अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड दिइनेछ । अवार्डमा उत्कृष्ट पुरुष/महिला खेलाडी, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप