रास्वपाको विस्तारित भेला एक साता पछि सर्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित भेला एक साता पछि सर्ने भएको छ।
- पार्टी महामन्त्रीका अनुसार राजनीतिक घटनाक्रम र आन्तरिक तयारी नपुगेकाले भेला सार्न लागिएको हो।
- भेला कात्तिक १४ र १५ गतेको सट्टा अब कात्तिक २१ र २२ गते हुने सम्भावना छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कात्तिक दोस्रो सातालाई तय भएको विस्तारित भेला एक साता पछि सर्ने भएको छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले विकसित राजनीतिक घटनाक्रम र आन्तरिक तयार अपुगका कारण एक साता पछि सर्नसक्ने बताए ।
‘कात्तिक १४ र १५ गते विस्तारित भेला राखेकोमा त्यो मिति सरेर कात्तिक २१ र २२ पुग्नसक्छ’, महामन्त्री बुर्लाकोटीले भने, ‘ठ्याक्कै निर्णय नै भैसकेको अवस्था होइन, आजबेलुका सम्म परिवर्तित मिति सार्वजनिक हुन्छ ।’
उनले शनिबार बसेको सचिवालयको भर्चुअल बैठकमा विस्तारित भेलाको मितिबारे छलफल भएको बताए ।
विस्तारित बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र पार्टी विभागका पदाधिकारी तथा जिल्ला सभापतिलाई सहभागी गराउने रास्वपाले जनाएको थियो ।
रास्वपाले आगामी फागुन ७,८ र ९ गते पहिलो महाधिवेशन गर्ने बताउँदै आएको छ । यद्यपि फागुनमै प्रतिनिधि सभा निर्वाचन हुने निश्चित भएमा महाधिवेशन समेत सार्ने रास्वपाको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण