अस्ट्रेलियालाई भारतले दियो १३१ रनको लक्ष्य
पर्थ । वर्षाले प्रभावित बनेको खेलमा भारतले अस्ट्रेलियालाई १३१ रनको सामान्य लक्ष्य दिएको छ ।
आइतबार नेपाली समयअनुसार सवा ९ बजे सुरु भएको दुई देशबिचको तीन शृंखलाको पहिलो एक दिवसीय खेलमा बारम्बार वर्षा बाधक बनेको थियो ।
वर्षाले खेल प्रभावित भएपछि डीएलएस विधिबाट खेल २६ ओभरमा घटाइएको थियो । भारतले २६ ओभरमा ९ विकेटको क्षतिमा १३६ रन बनायो ।
भारतका लागि केएल राहुलले सर्वाधिक ३८ रन बनाए । त्यस्तै, अक्षर पटेलले ३१, नितिषकुमार रेड्डीले १९ (नटआउट), श्रेयस ऐयरले ११, वासिंटन सुन्दरले १०, शुभमन गिलले १० रन बनाए ।
क्रिकेटप्रेमीले निकै महत्त्वका साथ हेरेका पूर्वकप्तान रोहित शर्मा र विराट कोहली भने यो खेलमा जम्न सकेनन्, रोहित ८ रन बनाएर बाहिरिए भने कोहलीले रनको खाता नै खोल्न सकेनन् । अस्ट्रेलियाका लागि जोस हेजलवड, मिचेल ओवेन, म्याथ्यु कुनेमनले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण