आफू नै एमालेको अब्बल ‘क्याप्टेन’ प्रमाणित गर्न ओलीले दिए ट्रम्पदेखि मोदीसम्मको उदाहरण
सारांश
- केपी शर्मा ओलीले आफू एमालेको अब्बल क्याप्टेन भएको दाबी गरे।
- ओलीले पार्टीभित्रै आफू नै क्याप्टेन भएकोमा कुनै विवाद नरहेको बताए।
- उनले विभिन्न देशका नेताहरूको उदाहरण दिँदै नेतृत्व समयको आवश्यकता भएको बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एमालेको अब्बल क्याप्टेन (नेतृत्व) भएको जिकिर गरेका छन् ।
आइतबार राजधानीका सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा उनले पार्टीभित्रै पनि ओलीनै क्याप्टेन हो भन्नेमा कुनै विवाद नरहेको दाबी गरे ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मको उदाहरण दिँदै नेतृत्व भन्ने समयको आवश्यकता भएको बताए ।
उनले भने, ‘अहिले राय के छ भने केपी ओली नै क्याप्टेन हो भन्ने पार्टीमा छ । त्यसका लागि मसँग कामको अनुभव पनि छ । म काम गर्ने मानसिक र शारीरिक क्षमता पनि राख्छु । अमेरिका जस्तो देश छ, त्यहाँको हेर्दा हाम्रा सम्पादकलाई टाउको दुखेको छैन । भारत, बङ्गलादेशमा पनि म भन्दा जेठो नै हुनुहुन्छ । रुसका राष्ट्रपति समेत मभन्दा कान्छो हुनुहुन्छ । चीनका राष्ट्रपति पनि मभन्दा डेढ वर्ष कान्छै हुनुहुन्छ । यो सबै समयको आवश्यकता हो ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण