शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्कीले मङ्गलबार निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल गर्ने

आइतबार, ०२ कात्तिक २०८२, २२ : ०६
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्।
  • निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरेका थिए।
  • प्रधानमन्त्रीले आगामी फागुन २१ गतेको निर्वाचनबारे ७ वटा दलका नेताहरूसँग छलफल गर्नेछिन्।

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । 

निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । 

मङ्गलबार अपराह्न प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्नेछिन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएकाे कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएकाे छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप