अमेजन वेब सर्भिसको डाटा सेन्टरमा समस्या, स्न्यापच्याटजस्ता ठुला एप र वेबसाइट डाउन
काठमाडाैँ । विश्वभरका ठूला एप्स र वेबसाइटहरूमा व्यापक इन्टरनेट आउटेज (सेवा अवरोध) भएको छ, जसको मुख्य कारण अमेजन वेब सर्भिसलाई मानिएको छ। आउटेज सोमबार बिहान करिब ९ बजे (सेन्ट्रल युरोपियन टाइम) बाट सुरु भएको ट्र्याकिङ वेबसाइट 'डाउन डिटेक्टर'ले जनाएको छ।
समस्या अमेजन वेब सर्भिसको पूर्वाधारमा देखिएको छ, जसले इन्टरनेटको ठूलो हिस्सालाई सर्भर र डाटाबेस सेवा प्रदान गर्छ। अमेजन वेब सर्भिसको पछिल्लो अपडेट अनुसार, यसको 'US-EAST-1 Region' अन्तर्गत पर्ने डाटा स्टोरेज सेवा डाइनाबो डीबीमा ‘उल्लेखीय समस्या’ देखिएको छ। यो क्षेत्र उत्तरी भर्जिनियामा होस्ट गरिएका सेवाहरूसँग सम्बन्धित छ।
सेवा अवरोधबाट धेरैजसो प्रयोगकर्ताहरू संयुक्त राज्य अमेरिकामा, विशेषगरी डाटा सेन्टरको विश्वव्यापी राजधानी मानिने भर्जिनियामा, प्रभावित भएका छन्। समस्या समाधानका लागि इन्जिनियरहरूले सक्रिय रूपमा काम गरिरहेको अमेजन वेब सर्भिसले बताएको छ।
सेवा अवरुद्ध हुनेमा स्न्यापच्याट, रोब्लोक्स, फोर्टनाइट, क्यानभा, अमेजन, स्ल्याक, क्वाइनबेस, भोडाफोन, प्लेस्टेशन लगायतका धेरै अनलाइन सेवा, गेम तथा युकेको कर निकाय समेत छन्।
क्वाइनबेसले आफ्ना ग्राहकलाई सामाजिक सञ्जाल एक्स मार्फत आफ्ना सबै कोष सुरक्षित रहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण