पानी सुल्के प्रतियोगितामा लगातार तेस्रो पटक च्याम्पियन बने राहुल
सारांश
- सुनसरीमा भएको स्टोन स्किपिङ च्याम्पियनसिपमा राहुल लिम्बूले तेस्रो पटक जित हासिल गरे।
- प्रतियोगितामा मनिष राई दोस्रो र अधिकलाल चौधरी तेस्रो स्थान हासिल गरे, जसले क्रमशः नगद पुरस्कार जिते।
- यो प्रतियोगिताले स्थानीय पर्यटन प्रवर्द्धन र नेपालको मौलिक खेललाई देशभर स्थापित गर्ने लक्ष्य राखेको छ।
सुनसरी। स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) मा राहुल लिम्बूले लगातार तेस्रो पटक जित निकालेका छन् ।
सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आयोजित च्याम्पियनसिपमा २७ पटक ढुङ्गा उफार्दै तेस्रो संस्करणको समेत विजेता बन्दै राहुलले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
पहिलो र दोस्रो संस्करणको विजेता बनेका उनले सोमबार आयोजित प्रतियोगितामा १ सय १७ प्रतिस्पर्धीलाई उछिनेका थिए ।
२५ पटक स्किप गरेका (पानीमा ढुङ्गा उफारेका) भोजपुरका मनिष राई दोस्रो बने । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा वराहक्षेत्रका अधिकलाल चौधरी १९ स्किप गर्दै तेस्रो बने । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

कोशी प्रदेश पर्यटन वर्ष(२०८२ का सहसंयोजक भविशकुमार श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उनले पर्यटनको विकासका लागि नौलो खेल पानी सुल्के प्रतियोगिताले प्रचार प्रसार र प्रवर्धन गरेको बताए । प्रदेश सरकार र पर्यटन व्यवसायीले समेत प्रतियोगिताको प्रवर्धन गर्ने बताए ।
जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धनको नारासहित आयोजना गरिएको प्रतियोगिता चतरा हाइकिङ समूहको आयोजनामा बर्सेनि हुँदै आएको छ । प्रतियोगिताले स्थानीय पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्धन गर्ने साथै नेपालको मौलिक खेललाई देशैभरि स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चतरा हाइकिङका संस्थापक नवराज विष्टले जानकारी दिए ।
यो खेलको अमेरिका, आयरल्यान्ड, स्कटल्यान्डलगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिता हुन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । नेपालमा विगत दुई वर्षदेखि सुनसरीको वराहक्षेत्रमा प्रतियोगिता आयोजना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण