विलियम बोसिस्टोले एनपीएलको दोस्रो सिजन पनि कर्णालीबाट खेल्ने
शुक्रबार, ०७ कात्तिक २०८२, १३ : ४३
सारांश
- कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोलाई दोस्रो एनपीएलका लागि अनुबन्ध गरेको छ।
- बोसिस्टोले पहिलो संस्करणको एनपीएलमा कर्णालीबाट खेल्दै १९४ रन बनाएका थिए र ९ विकेट लिएका थिए।
- कर्णालीले यसअघि स्कटल्यान्डका मार्क वाटलाई पनि अनुबन्ध गरिसकेको छ।
सुर्खेत । कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनुबन्ध गरेको छ। कर्णालीले उनलाई आफ्नो दोस्रो विदेशी खेलाडीको रूपमा टिममा समावेश गरेको हो।
यसअघि ३२ वर्षीय बोसिस्टोले पहिलो संस्करणको एनपीएलमा कर्णालीबाट खेल्दै ७ खेलमा दुई अर्धशतकसहित १९४ रन बनाएका थिए भने ९ विकेट पनि लिएका थिए।
कर्णालीले यसअघि स्कटल्यान्डका स्पिनर मार्क वाटलाई पनि अनुबन्ध गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण