शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरबाट पेस्तोलसहित युवक पक्राउ

शनिबार, ०८ कात्तिक २०८२, ११ : १४
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • ललितपुरको धापाखेलबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा खोटाङका शिवकुमार विक रहेका छन्, उनको साथबाट पेस्तोल र नगद बरामद भयो।
  • प्रहरीले विकको साथबाट बरामद पेस्तोल भदौ २४ मा भएको जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरेको छ।

काठमाडौँ । प्रहरीले ललितपुरको धापाखेलबाट पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–२३ घापाखेल बस्दै आएका शिवकुमार विक छन् ।

२३ वर्षीय विकको साथबाट म्याग्जिन सहितको चाइनिज पेस्तोल १ थान र ४ लाख ७८ हजार नगद भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

कात्तिक ६ मा पक्राउ परेका आरोपीको साथबाट बरामद पेस्तोल भदौ २४ मा भएको जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आकलन गरिएको छ । त्यसबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप