सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

आइतबार, ०९ कात्तिक २०८२, ०५ : ०१
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक ९ गतेको बार, तिथि, नक्षत्र र अन्य विवरणहरू प्रस्तुत गरिएको छ।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा स्वास्थ्य, व्यापार, प्रेम र अन्य पक्षहरूमा केन्द्रित भविष्यवाणीहरू छन्।
  • दिनभरिका लागि शुभ र अशुभ समयहरू, जस्तै राहुकाल र ब्रहा मुहूर्त, उल्लेख गरिएको छ, जसले शुभ कार्यहरूका लागि समय निर्धारण गर्न मद्दत गर्दछ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल कार्तिक ९ गते । आइतबार । ईश्वी सन् २०२५ अक्टोबर २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–पञ्चमी, रातको २ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा, बिहान ८ बजेर ४८ मिनेट उप्रान्त मूल । योग–अतिगण्ड, अहोरात्र । करण–बव, दिउसो १ बजेर २७ मिनेट उप्रान्त बालव, रातको २ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २३ मिनेट । दिनमान २८ घडी ०१ पला ।  

आजको बार बेला ।

  • बिहान ६ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर १२ मिनेटदेखि बिहान ७ बजेर ३५ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर ३६ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
  • बिहान ९ बजेर ० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म काल बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म शुभ बेला ।
  • दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर ३५ मिनेटसम्म रोग बेला ।
  • दिउसो २ बजेर ३६ मिनेटदेखि बेलुकी ३ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर ० मिनेटदेखि बेलुकी ६ बजेर ५९ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो ३ बजेर ५८ मिनेटदेखि बेलुकी ५ बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३४ मिनेटदेखि बिहान ५ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चलि आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । विशेष समारोह बिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रबाट प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । छोटो दुरीको यात्राको तय हुनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । वित्तीय क्षेत्र तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । वित्तीय बजार तथा  व्यापारमा गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामीप्य बढेर जानेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म कर्ममा मन जानेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । तर पनि प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनलाइन व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । योग, ध्यान तथा  साधनामा समय खर्च हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप