देशको व्यापार घाटा ३ महिनामा ४ खर्ब
सारांश
- चालु आर्थिक वर्षको तीन महिनामा निर्यात ८९.६४ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा बढेको छ।
- भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १२.१८ प्रतिशतले बढेर करिब चार खर्ब पुगेको छ।
- तीन महिनाको अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ, जसमा आयात बढेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा आयात १९ प्रतिशतले बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको २०८२ असोज मसान्तसम्मको तथ्यांकअनुसार निर्यातको हिस्सा भारी मात्रामा बढे पनि देशको व्यापार घाटा करिब ४ खर्ब पुगेको छ ।
विभागका अनुसार अघिल्लो वर्ष ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा १२.१८ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा पुगेको छ ।
चालु वर्षको तीन महिनाको अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जसमध्ये ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ भने ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यसमध्ये आयात ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण