यी सातथरी मानिसले पिउनुहुन्न ग्रीन टी, तपाईं पनि पर्नु हुन्छ कि ?
सारांश
- ग्रीन टी स्वास्थ्यका लागि राम्रो मानिएता पनि, केही व्यक्तिहरूका लागि यो हानिकारक हुन सक्छ ।
- गर्भवती महिला, आइरन कमी भएका व्यक्ति, पेट सम्बन्धी समस्या, निद्रा र एन्जायटी, हृदय रोग, कलेजो र मृगौलाका बिरामीहरूले ग्रीन टी सेवन गर्नु हुँदैन ।
- ग्रीन टीमा क्याफिन र ट्यानिन्सको मात्रा हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिलाई यसले नकारात्मक असर गर्छ।
काठमाडौं । पछिल्लो समय फिटनेस र राम्रो स्वास्थ्यको लागि ग्रीन टी पिउनेको संख्या बढ्दो छ । कतिपयले त यसलाई पानीजस्तै पिउने गर्छन् ।
ग्रीन टी एन्टिअक्सिडेन्टले भरिपूर्ण छ र यो सेवन गर्दा कैयौँ अचम्मका फाइदाहरू पाइन्छन् भन्नेमा कुनै शंका छैन । तर यो सबैका लागि फाइदाजनक छैन । के तपाईंलाई यो कुरा थाहा छ ? कोही मानिस ग्रीन टीबाट टाढा रहनुपर्छ, वा थोरै मात्रामा पिउनु पर्छ भनेर आयुर्वेद र आधुनिक विज्ञान दुवैले मान्दछन् । आजको यस लेखमा हामी ग्रीन टीको सेवन गर्नु नहुने सातथरी मानिसबारे कुराकानी गर्नेछौँ ।
१. गर्भवती महिला र स्तनपान गराइरहेका महिला
डाक्टरहरूले प्रायः गर्भावस्थाको समयमा क्याफिनको सेवन कम गर्न सिफारिस गर्छन् । ग्रीन टिमा क्याफिन हुन्छ, जसको बढी सेवन गर्दा बच्चाको विकासमा असर पर्न सक्छ । त्यस्तैगरी, स्तनपान गराउने महिलाहरूले ग्रीन टी सेवन गर्दा यो क्याफिन बच्चासम्म पुग्न सक्छ, जसले निद्रामा समस्या निम्त्याउन सक्छ । त्यसैले चिकित्सकको सल्लाह नगरी ग्रीन टीको सेवन नगर्नुहोला ।
२. आइरनको कमीबाट पीडित व्यक्तिहरू
तपाईंको शरीरमा रगत (आइरन) को कमी (एनिमिया) छ भने तपाईंले पनि ग्रीन टीको सेवनबाट टाढा रहनुपर्छ । ग्रीन टीमा ट्यानिन्स नामक तत्त्व हुन्छ, जसले खानाबाट आइरनलाई राम्ररी अवशोषित हुन दिँदैन । यसले तपाईंको शरीरमा फलामको कमीको समस्यालाई अझ बढाउन सक्छ ।
३. पेटसम्बन्धी समस्या भएका मानिसहरू
एसिडिटी, अल्सर वा पेट दुख्ने समस्या भएका मानिसहरूले खाली पेटमा ग्रीन टी पिउनु हुँदैन । यो चियामा पाइने ट्यानिन्स र क्याफिनले पेटमा एसिडको मात्रा बढाउन सक्छ, जसले गर्दा जलन वा पीडा हुन सक्छ ।
४. निद्रा र एन्जायटीको समस्या भएकाहरू
तपाई राम्रोसँग सुत्न सक्नुहुन्न वा धेरै तनाव वा चिन्ता महसुस गर्नुहुन्छ भने ग्रीन टीले तपाईंको समस्या बढाउन सक्छ । यसमा पाइने क्याफिनले मस्तिष्कलाई सक्रिय बनाउँछ, जसले बेचैनी बढाउँछ र सुत्न गाह्रो बनाउँछ ।
५. हृदयसम्बन्धी रोग भएका मानिसहरू
उच्च रक्तचाप (बीपी) वा मुटुसम्बन्धी अन्य कुनै पनि समस्या भएका व्यक्तिहरूले धेरै ग्रीन टी पिउनु हुँदैन । क्याफिनले मुटुको गतिलाई तीव्र पार्न सक्छ र रक्तचापलाई थोरै बढाउन सक्छ, जुन हृदय रोगीहरूको लागि राम्रो होइन ।
६. कलेजोको समस्याबाट पीडित व्यक्तिहरू
ग्रिन टीलाई कलेजोका लागि राम्रो मानिने भएता पनि यदि तपाईले धेरै मात्रामा ग्रिन टीको एक्सट्र्याक्ट भएको सप्लिमेन्ट लिइरहनुभएको छ भने यो खतरनाक हुनसक्छ । ग्रीन टीमा क्याटेचिन नामक तत्व हुन्छ । धेरै क्याटेचिनले कलेजोलाई हानि पुर्याउँछ ।
७. मृगौलासम्बन्धी गम्भीर समस्या भएका मानिसहरू
ग्रीन टी राम्रो मूत्रवर्धक हो । अर्थात् यसले बारम्बार पिसाब गराउँछ । मिर्गौलाको गम्भीर समस्या भएका बिरामीहरूले तरल पदार्थको सन्तुलन कायम राख्नु महत्त्वपूर्ण छ, जसका लागि उनीहरूले चिकित्सकसँग परामर्श लिएर मात्र कुनै पनि पेय पिउनुपर्छ ।
अस्वीकरणः यो लेख अनलाइन सामग्रीका आधारमा तयार पारिएको हो । यो चिकित्सा रायको विकल्प होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण