देउसी भैलो खेल्ने क्रममा झैझगडा र कुटपिट : ९ जना पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देउसी भैलो खेल्ने क्रममा भएको उच्छृङ्खल गतिविधि र झैझगडा गरी एक बालकलाई निर्घात कुटपिट गरेको घटनामा संलग्न नौ जनालाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका १८ वर्षीय उत्सव पुनमगर, सोही स्थानका १८ वर्षीय चाहिन गुरुङ र २१ वर्षीय विक्रान्त गुरुङ रहेका छन्।
त्यसैगरी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइली बस्ने १८ वर्षीय हेमराज रोकाय, सोही स्थानका १८ वर्षीय सिमान्त पन्त, १८ वर्षीय समिर खत्री, १८ वर्षीय सन्देश रावल, १८ वर्षीय रौनक बाह्रघरे र १८ वर्षीय किरण चौधरी पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, कात्तिक ७ गते बिहान करिब १स्३० बजे वीरेन्द्रनगर नगरपालिका–१० नयाँघुस्रास्थित सार्वजनिक सडकमा देउसी भैलो खेलिरहेका युवाहरूले बाटो छेकी सोही स्थानका एक नाबालकलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
पीडितलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी गम्भीर घाइते बनाएर घटना लगत्तै फरार भएका प्रतिवादीहरूको खोजी कार्यमा प्रहरी जुटेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले कात्तिक ८ गते बिहान ८ बजे वीरेन्द्रनगर नगरपालिका–१० बाट फरार रहेका नौ जनालाई फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा ल्याई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण