एमालेमा फर्कन आपत्ति छैन, तर ढोका राम्रोसँग खुल्नुपर्छ: झलनाथ खनाल
शनिबार, १५ कात्तिक २०८२, १४ : ५६
सारांश
- झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) लाई पुनर्गठन गरी एकीकृत बनाउने बताए।
- उनले नेकपा (एमाले) मा फर्कन तयार रहेको तर केपी ओलीले वातावरण बनाउनुपर्ने बताए।
- खनालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन छलफल भइरहेको जानकारी दिए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्। शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुगेका नेता खनालले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन्।
उनले पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको बताए। नेता खनालले उचित वातावरण बनाए नेकपा (एमाले) मा फर्कन कुनै आपत्ति नरहेको पनि जिकिर गरे।
यद्यपि, उनले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै ‘केपी ओलीले घर फर्क भनेर मात्रै नहुने’ बताए। उनले फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने सर्त राखे।
खनालले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउनका लागि आफूहरू छलफलमा जुटेको धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण