शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नयाँ वानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

हस्ताक्षर भेरिफिकेसनलाई दबाब दिने
सोमबार, १७ कात्तिक २०८२, ११ : ०४
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरमा भेला भएका छन्।
  • भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका सदस्यहरूले आगामी निर्वाचन र पार्टीको वर्तमान अवस्थाबारे छलफल गरे।
  • सदस्यहरूले पार्टीलाई संकटबाट निकास दिन र निर्वाचनलाई सफल बनाउन दबाब दिने तयारी गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरिरहेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा रहेको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिए ।

भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छन् । भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् ।

केन्द्रीय सदस्य महरले कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छलफल गरिरहेको जानकारी दिए । ‘जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने ? कसैले विशेष महाधिवेशन भन्ने, कसैको नियमित महाधिवेशनको मितिमा कुरा नमिल्ने यस्तो सङ्कटबाट पार्टीलाई कसरी निकास दिने भनेर छलफल गरिरहेका हौँ,’ महरले रातोपाटीसँग भने ।

केन्द्रीय सदस्य भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए । ‘केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । त्यसबाट पार्टीलाई कसरी निकास निकाल्ने भनेर साथीहरूबिच छलफल गरिरहेका छौँ,’ भण्डारीले रातोपाटीसँग भने ।

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् ।

केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गर्न नेतृत्वलाई सुझाउने तयारी उनीहरूको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप