आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बाढीपीडितलाई राहत एवं मुअब्जा दिनुपर्ने माग गर्दै आजपाले बुझायो ज्ञापनपत्र

सोमबार, १७ कात्तिक २०८२, १६ : ११
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • आजपाले रौतहटमा बाढीपीडित किसान र सर्वसाधारणलाई राहत तथा मुअब्जा उपलब्ध गराउन माग गरेको छ।
  • आजपाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै राहत र मुअब्जा उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएको छ।
  • आजपाले बाढीपीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्न माग गरेको छ।

रौतहट । आम जनता पार्टी (आजपा)ले बाढीपीडित किसान एवं सर्वसाधारणलाई राहत तथा मुअब्जा उपलब्ध गराउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसँग माग गरेको छ । 

आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले आज (सोमबार) रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुअब्जा उपलब्ध गराउन माग गरेको हो । 

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउँदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुअब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । 

आजपा निकट आम उधोग बाणिज्य संघका केन्द्रीय अध्यक्ष एवं नेता साजन जयसवालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले आफूहरुको माग यथासिघ्र सम्बोधन गर्न माग गर्दै किसान एवं सर्वसधारणलाई न्याय दिने कार्यमा ढिलाई भए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । 
यसअघि आम नागरिकको पीडा र किसानको दुःखलाई सम्बोधन गर्न आजपाले “बाढीपीडित राहत र किसान मुआब्जा पदयात्रा” कार्यक्रम सञ्चालन गरेको थियो । 
 
बाढीपीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने, क्षति पुगेका किसानहरूलाई उचित मुल्यांकन गरी तत्काल मुआब्जा दिनुपर्ने, प्रभावित क्षेत्रमा कृषि ऋण स्थगन र ब्याज माफीको व्यवस्था गर्नुपर्ने, बाढी नियन्त्रण र राहत वितरणमा पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग आजपाको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप