मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्स सेमिफाइनलमा प्रवेश, बलियो टोली उरुग्वे बाहिरियो

शुक्रबार, २२ असार २०७५, २१ : ३९
शुक्रबार, २२ असार २०७५

काठमाडौं । रुस विश्वकप अन्तर्गतको शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले उरुग्वेविरुद्ध २–० को जित निकालेको छ ।  यो सँगै उरुग्वे भने विश्वकप २०१८ बाट बाहिरिएको छ । 

पौने आठबाट निझ्नी नोभगोरोद रंगशालामा  सुरु भएको खेलको पहिलो हाफमा सुरुवाती अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा झनै उरुग्वेलाई दबाबमै राख्यो । 

फ्रान्सका लागि पहिलो गोल खेलको ४० औं मिनेटमा डिफेन्डर राफेल भरानेले गरेका थिए । डिबक्स नजिकै पाएको फ्रिकिकबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । एन्टोइन ग्रिजम्यानले प्रहार गरेको फ्रिकिकलाई  डिफेन्डर भरानेले हेडमार्फत गोल गरेका हुन् । 

त्यस्तै दोस्रो हाफमा ग्रिजम्यानले गोल गरे । उनले खेलको ६२ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । 

उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो भने फ्रान्सले सन् १९९८ मा विश्वकप जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप