सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नैपर्छ : महामन्त्री थापा

मङ्गलबार, १८ कात्तिक २०८२, १४ : ४५
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले कुनै पनि हालतमा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

उनले निर्वाचन अगाडि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिए । 

‘निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनै पर्छ । नियमित महाधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो,’ थापाले भने, ‘यदि नियमित महाधिवेशन हुन सक्दैन भने विशेष भए पनि गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप