डा.भरतमणि देवकोटाले किन त्यागे रास्वपाको सदस्यता ?
मङ्गलबार, १८ कात्तिक २०८२, १७ : २१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय रहेको घरधनी डाक्टर भरतमणि देवकोटाले पार्टीको सदस्यता त्यागेका छन् ।
बुढेसकाल लागेकाले सदस्यता त्यागेको जिकिर गरे ।‘मैले सदस्यता त्यागेँ । बुढो पनि भएँ । युवालाई ठाउँ छोडिदिएको हुँ । पार्टीसँग कुनै असमझदारी भएर सदस्यता त्यागेको होइन’, रातोपाटीसँग उनले भने ।
वनस्थलीस्थित चमती–१६ मा रहेको देवकोटाको घरबाट रास्वपाको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको छ । जेनजी विद्रोहपछि आफ्नो घर असुरक्षित रहेकाले तीन महिनाभित्र खाली गर्न रास्वपाका नेतृत्वलाई पत्राचार गरेका थिए । घर खाली गर्ने विषयमा रास्वपाका नेतृत्व र आफूबिच समझदारी भएकाले अहिले कुनै विवाद नरहेको बताए ।
‘मैले पार्टी सदस्यता त्याग्नु एउटा विषय हो । घरको कुरा अर्को विषय हो । सदस्यतासँग घरलाई जोड्नु आवश्यक छैन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण