शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

बुधबार, १९ कात्तिक २०८२, ०८ : ३१
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ।
  • २०६२ मा क्याम्पसलाई जग्गा प्रदान गरिए पनि ८० बिघा मात्रै भोगचलनमा छ।
  • अतिक्रमण हटाउन संघ र प्रदेश सरकारमा आग्रह गर्दा सुनुवाइ नभएको गुनासो छ।

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति  हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ  । 

विसं २०६२ मा  टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान गरेको भए पनि क्याम्पसले हालसम्म ८० बिघामात्र भोगचलन गर्न पाएको छ ।  तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । 

अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक सङ्घ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको  उपकुलपति पन्तले दुखेसो गरे । 

हालै विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । 
विश्वविद्यालयको जग्गा अतिक्रमण गरेकालाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएकाले  हटाउन समस्या भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप