एलन मस्कका साथी जारेड नासाको प्रमुखमा पुनः नियुक्त
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले जारेड आइज्याकम्यानलाई पुनः नासाको प्रमुखमा नियुक्त गरेका छन्।
- ट्रम्पले मस्कसँगको सम्बन्ध बिग्रिएपछि आइज्याकम्यानलाई हटाएर डफीलाई अन्तरिम प्रमुख नियुक्त गरेका थिए।
- आइज्याकम्यानले २०२१ मा स्पेसएक्सको पहिलो सिभिलियन क्रुको नेतृत्व गरेका थिए र मंगल ग्रहको अभियानमा भूमिका खेल्नेछन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारेड आइज्याकम्यानलाई नासाको प्रमुखका रूपमा पुनः नियुक्त गरेका छन् । खर्बपति व्यापारी एलन मस्कसँग सम्बन्ध बिग्रिएकै समयमा उनले मस्कका सहयोगी आइज्याकम्यानलाई पुनः नासाको प्रमुखमा नियुक्त गरेका हुन् ।
जारेड आफैँले पनि माइक्रोब्लगिङ वेबसाइट एक्समा ट्रम्पसँगको तस्बिर पोस्ट गर्दै यो अवसरका लागि उनलाई धन्यवाद भनेका छन् ।
रोचक कुरा के छ भने, मस्कसँग सम्बन्ध बिग्रिएपछि ट्रम्प आफैँले नासा प्रमुखबाट आइज्याकम्यानलाई हटाएर यातायात मन्त्री सीन डफीलाई अन्तरिम नासा प्रमुख नियुक्त गरेका थिए । ट्रम्पले अब भने जारेडको पद पुनर्स्थापित गरेका छन् ।
‘म एक उत्कृष्ट व्यापारिक नेता, पाइलट र अन्तरिक्ष यात्री जेरेड आइज्याकम्यानलाई नासा प्रशासकको रूपमा मनोनीत गर्न पाउँदा खुसी छु’ सामाजिक सञ्जालमा यो घोषणा गर्दै ट्रम्पले लेखेका छन् ।
ट्रम्पको प्रस्तावलाई कांग्रेसले अनुमोदन गर्नुपर्नेछ । कंग्रेसमा ट्रम्पको पार्टीको बहुमत छ । यस्तोमा जारेडले चाँडै नै नासाको जिम्मेवारी लिन सक्छन् ।
‘अन्तरिक्षप्रति जारेडको लगाव र उनको अनुभवले ब्रह्माण्डको रहस्यहरू समाधान गर्न मद्दत गर्नेछ । यसले अन्तरिक्ष अर्थतन्त्रलाई बढवा दिनेछ । त्यसैले उनी नासाको नेतृत्व गर्नका लागि उत्तम उम्मेदवार हुन्’ जारेडको प्रशंसा गर्दै ट्रम्पले पोस्टमा अगाडि लेखेका छन् ।
जनवरी २०२५ मा सत्ता सम्हालेपछि ट्रम्पले मस्कको अनुरोधमा जारेडलाई नासाको प्रमुख नियुक्त गरेका थिए । जारेडलाई एलोन मस्कको नजिकको मान्छे मानिन्छ ।
जारेड २०२१ मा मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको पहिलो सिभिलियन क्याप्सुल क्रुको नेतृत्व गर्ने व्यक्ति हुन् । अब, उनले मङ्गल ग्रहमा नासाको अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण