‘केजीएफ’ फेम अभिनेता हरीश रायको निधन
सारांश
- कन्नड अभिनेता हरीश रायको ६३ वर्षको उमेरमा निधन भयो, जो लामो समयदेखि थाइराइड क्यान्सरसँग लडिरहेका थिए।
- उनले 'ओम' फिल्ममा 'डन रोय' को भूमिकाबाट चर्चा कमाए, र 'केजीएफ' शृंखलामा 'चाचा' को भूमिकाले पुन: लोकप्रियता पाए।
- आर्थिक कठिनाइको बाबजुद, शिवराजकुमार र ध्रुव सर्जा लगायतका कलाकारहरूले उनको उपचारको लागि सहयोग गरे।
नयाँ दिल्ली । तीन दशकसम्म आफ्नो शक्तिशाली अभिनयले कन्नड फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता हरीश रायको निधन भएको छ । ६३ वर्षीय हरिश लामो समयदेखि थाइराइड क्यान्सरसँग लडिरहेका थिए । उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो ।
रायको फिल्म करियर कन्नड सिनेमाको स्वर्ण युगमा सुरु भएको थियो । सन् १९९० को दशकमा रिलिज भएको सुपरहिट फिल्म ‘ओम’ मा उनले ‘डन रोय’ को भूमिका निर्वाह गरेका थिए ।
यस भूमिकाले उनलाई घर घरमा चर्चित बनायो । पछि उनले तमिल र कन्नड दुवै भाषाका धेरै फिल्ममा विविध भूमिकामा देखिए । खलनायकको भूमिका निर्वाह होस् वा बुबा-छोराबिचको भावनात्मक दृश्यहरू हरीशले सधैँ आफ्नो अभिनय र उपस्थितिले दर्शकहरूको मनमा अमिट छाप बनाए ।
विगत केही वर्षदेखि हरीश गम्भीर बिरामी थिए । क्यान्सरका कारण उनको स्वास्थ्य निरन्तर बिग्रँदै गइरहेको थियो । उनको उपचारका लागि लाखौँ रुपैयाँ खर्च हुनेगरी धेरै महँगा इन्जेक्सनहरू आवश्यक पर्यो ।
आर्थिक कठिनाइको बिचमा, शिवराजकुमार र ध्रुव सर्जा जस्ता स्टारहरूले सहयोगको हात अगाडि बढाए । ‘म हार मान्ने छैन । सबैको आशीर्वादले, म निको हुनेछु र सुटिङमा फर्कनेछु’ हरिश आफैँ पनि भन्थे । तर नियतिको अगाडि उनको केही जोर लागेन ।
उपचारको क्रममा आईसीयूमा भर्ना भएपनि स्वास्थ्य अवस्थामा सुधार भएन । बेंगलुरुको किदवई अस्पतालमा उनले नोभेम्बर ६ मा अन्तिम सास फेरे ।
‘केजीएफ’बाट पाएका थिए नयाँ पहिचान
लामो सङ्घर्षपछि हरीश रायले ‘केजीएफः च्याप्टर १’ र ‘केजीएफः च्याप्टर २’ मार्फत पुनः लोकप्रियता प्राप्त गरे । प्रशान्त नील निर्देशित र यश अभिनीत यस ब्लकबस्टरमा, उनले ‘चाचा’ को भूमिका निभाएका थिए ।
यो भूमिका उनको करियरको दोस्रो इनिङ साबित भयो र दर्शकहरूले उनलाई मन पराए । करिब ३० वर्ष लामो करियरमा हरिशले ६० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण