बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एन्फा प्रेसिडेन्ट लिग : काँक्रेविहार र टाइगर्स विजयी

बिहीबार, २० कात्तिक २०८२, १८ : २८
बिहीबार, २० कात्तिक २०८२

काठमाडौँ । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ मा बिहीबार हेटौँडाको खेल मैदानमा भएका दुई खेलमा काँक्रेविहार यूथ क्लब र टाइगर्स टिम विजयी भएका छन् ।

पहिलो खेलमा काँक्रेविहार यूथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष् चापागाँइ र अनीश घर्ती क्षेत्रीले एक–एक गोल गरे । हैरान्सका लागि समराज थोकर र विश्व लामाले गोल फर्काए । खेलको ’म्यान अफ द म्याच’ काँक्रेविहारका रोहन कार्की घोषित भए ।

दोस्रो खेलमा टाइगर्स टिमले गाईघाटलाई २–१ गोलले हरायो । टाइगर्सका लागि सुजन लामा र आशिष् श्रेष्ठले गोल गरे भने गाईघाटका युगन राईले सान्त्वना गोल फर्काए । टाइगर्स टिमका सुसन लामा ’प्लेयर अफ द म्याच’ चुनिए ।

मंसिर २ गतेसम्म हेटौँडामा आयोजना हुने यस लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब, काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब, हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब रहेका छन् ।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ, जसमध्ये दुवै समूहका शीर्ष दुई स्थान हासिल गर्ने टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीहरूले पुस महिनामा हुने राष्ट्रिय लिगमा स्थान बनाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप