भक्तपुरको सिपाडोलबाट कैदीबन्दी पक्राउ
शुक्रबार, २१ कात्तिक २०८२, १६ : १५
काठमाडौँ । जेलबाट भागेका एक जना कैदीबन्दीलाई प्रहरीले भक्तपुरको सिपाडोलबाट शुक्रबार पक्राउ गरेको छ ।
रामेछापको बेथान घर भएर भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा बस्ने ३१ वर्षीय कमल विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।
जेनजी प्रदर्शनको क्रममा उनी भदौ २४ मा सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार भएका थिए । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर कारागारको जिम्मा लगाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण