चितवनबाट ‘राम नाम सत्य’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को छायाङ्कन पूर्वी चितवनको रत्ननगरबाट सुरु भएको छ । झण्डै ८० प्रतिशत छायाङ्कन नै चितवनमा गर्ने तयारीका साथ बिहीबारबाट फिल्म सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए ।
उनका अनुसार ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ ।चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायाङ्कनको शुभारम्भ गरेका थिए ।
‘राम नाम सत्य’को छायाङ्कन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रूपमा चिनाउन र पर्यटन प्रवर्द्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए ।
फिल्म यही वर्षको चैत्र २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । फिल्ममा बिराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय रहनेछ । साथै, फिल्ममा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको विशेष भूमिका रहनेछ ।
उपेन्द्र सुब्बा र स्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रूपमा छन् । मोती कार्की क्रियटिभ निर्माताको रूपमा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ ।
एक्सन, सस्पेन्स र प्रेमको जनरामा यो फिल्म निर्माण गरिनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण