विश्वासको मत लिने वातावरण बनेन, त्यसैले राजीनामा दिएँ : जितेन्द्र सोनल
सारांश
- मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन नसकेपछि पदबाट राजीनामा दिए।
- उनले प्रदेश सभामा बहुमत सदस्यको समर्थन नदेखेपछि राजीनामा दिएका हुन्।
- सोनलले संघीयता समाप्त पार्ने खेल भइरहेको आरोप लगाए, र सभामुखको भूमिकामाथि प्रश्न उठाए।
जनकपुरधाम । विश्वासको मत लिन नपाउँदै मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । शनिबार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा उनले राजीनामा दिएका हुन् ।
आफ्नो पक्षमा बहुमत प्रदेशसभा सदस्यहरूको मत नपर्ने देखेपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाबाटै राजीनामा घोषणा गरेका थिए । प्रदेशसभामा विश्वासको मत लिने वातावरण नरहेको भन्दै आफूले पदबाट राजीनामा दिएको उनले बताएका छन् । मुख्यमन्त्री सोनलले प्रदेशसभामा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।
प्रदेशसभाबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनलले प्रदेश सभालाई नियन्त्रणमा राखेर संघीयतालाई नै समाप्त पार्ने खेल भइरहेको आभास भएकाले आफूले राजीनामा दिएको बताए ।
उनले भने– ‘सत्ता पक्षका माननीयहरू कोही केही बेरका लागि बाहिर गएका छन्, कोही खाजा खान निस्किएका थिए । त्यो देखेर आफूले सभामुखलाई आधा घण्टा रोकेर वातावरण बन्न दिन आग्रह गरेँ । तर पटक पटक बेल बजाइ नै राखेपछि आफू राजीनामा दिने निर्णयमा पुगे ।’
उनले सङ्घीय समाप्त पार्ने खेल भइरहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् नगर्नेहरू प्रदेशसभा नै विघटन गर्ने तर्फ लागि परेको आरोप समेत लगाए ।
उनले आगामी दिनमा अर्को परिस्थितिको निर्माण हुनसक्ने बताउँदै जसले बहुमत पुर्याउँछ उसले सरकार वैधानिक ढङ्गले बनाओस् भन्ने अभिप्रायले आफूले मार्ग प्रशस्त गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण