पूर्वमन्त्री आलमको निधनमा आज रौतहटका चार नगरपालिकामा शोक बिदा
आइतबार, २३ कात्तिक २०८२, १२ : ३१
सारांश
- रौतहटको चार नगरपालिकाले पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा शोक बिदा दिएका छन्।
- राजपुर, परोहा, ईशनाथ र बौधीमाई नगरपालिकाले आइतबार शोक बिदाको घोषणा गरेका हुन्।
- कांग्रेस नेता आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो।
रौतहट । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै रौतहटका चारवटा नगरपालिकाले आज शोक बिदा दिएका छन्।
राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको जनाएका छन्। नगरपालिकाहरूले दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आलमको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा शुक्रबार राति निधन भएको थियो। उनी लामो समयदेखि पार्टीका प्रभावशाली नेतामध्ये एक मानिन्थे ।
नगरपालिकाहरूले सार्वजनिक सूचना मार्फत आइतबार आफ्ना कार्यालय र मातहतका निकायहरूमा कार्य स्थगन गरी शोक बिदा मनाइएको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण