शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’

आइतबार, २३ कात्तिक २०८२, १३ : २७
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणमा क्यानसँगको साझेदारीलाई निरन्तरता दिने भएको छ।
  • प्रतियोगिता मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
  • एनसेलले 'युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल' नारासहित क्रिकेटका प्रशंसकलाई जोड्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको बढ्दो उत्साहबीच एनसेलले यस वर्ष पनि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) सँगको साझेदारीलाई 'पावर्ड बाई' पार्टनरका रूपमा निरन्तरता दिएको छ। 

क्रिकेटले सबैलाई एकताबद्ध गराउने भएकाले एनसेलले यस संस्करणमा 'युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल' भन्ने नारासहित साझेदारी गरेको हो। फ्रेन्चाइजमा आधारित यो टी-२० प्रतियोगिता आगामी मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्गा दत्तले यस सहकार्यबारे खुशी व्यक्त गर्दै हालैका टी-२० प्रदर्शनले नेपालीलाई गर्व महसुस गराएको र एकजुट भएर लाग्दा ठुलो सफलता हासिल गर्न सकिन्छ भन्ने देखाएको बताए। उनले क्रिकेटले हामीलाई जोड्ने खेल भएको बताउँदै एनसेलले आफ्नो कनेक्टिभिटीमार्फत सबै क्रिकेट प्रशंसकहरूलाई प्रतियोगिताको हरेक पलसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे।

क्यानका सचिव पारस खड्काले क्रिकेटको विकासका लागि एनसेललाई दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रूपमा पाउँदा खुशी लागेको बताए। उनले यस्तो साझेदारीले नेपाली क्रिकेट र एनपीएललाई विश्वव्यापी मञ्चमा स्थापित गर्न ठुलो महत्त्व राख्ने बताएका छन्।

एनपीएलले विभिन्न प्रदेशका घरेलु खेलाडी र अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजनमार्फत क्रिकेट प्रतिभालाई उजागर गर्छ। एनसेलले आफ्नो ग्राहकहरूलाई एनसेल एप मार्फत जुनसुकै ठाउँबाट एनपीएलका खेलहरू लाइभ हेर्ने सुविधा समेत उपलब्ध गराउने जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप