‘मिसेस नेपाल वर्ल्ड’का प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२५’का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीको जमालस्थित राष्ट्रिय नाचघरमा आयोजित ट्यालेन्ट शोमा उनीहरुले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडीदेखि फाष्ट फेशनबारे चेतनामूलक प्रस्तुति प्रस्तुत गरेर दर्शक, अभिभावक र निर्णायकको मन जित्ने प्रयास गरेका थिए ।
ट्यालेन्ट शोमा मिसेस ट्यालेन्ट उपाधिका लागि सञ्जु भट्ट, एलिना केसी, निर्मला सुनुवार, विष्णु तिमिल्सिनासहितले गीत प्रस्तुत गरेका थिए भने कञ्चन झा, तारा खनाल, दिपिका तामाङ, कुसुम खड्का, सुम्निमा खापुङ, रक्षा पन्त, चन्द्रकला राई र सुमिना महर्जनले नृत्य प्रस्तुत गरेका थिए। इमायुङ राईले योग प्रस्तुति दिएकी थिइन् ।
श्रीनि ढङ्ख्वा, शुभाना रोक्का र करुणा श्रेष्ठले कविता वाचन गरेका थिए भने विष्णु भण्डारीले मुक्तक र गंगा लामिछानेले गजल प्रस्तुत गरेका थिए। अरणा लामाले फास्ट फेशन विषयमा बोलेकी थिइन्।
बिनीता अधिकारी र कल्पना बिष्टाले स्ट्यान्डअप कमेडी गरेका थिए ।विद्या चौहान, रञ्जना बुढाथोकीले भाषण, सजनी जोशीले वकालत तथा रोजी थापाले अभिनय प्रस्तुति प्रस्तुत गरेका थिए।
ट्यालेन्ट शोमा नृत्य कोरियोग्राफर रामचन्द्र कोइराला, गीतकार दयाराम पाण्डे, अभिनेत्री पल्पसा डंगोल, थिएटर आर्टिस्ट सरिता गिरी, राजधानी राष्ट्रिय दैनिकका मार्केटिङ चीफ विनोद शर्मा, अधिवत्ता रविन्द्र तामाङ र नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) का वरिष्ठ निर्देशक मणिराज लमिछाने निर्णायक रहेका थिए ।
प्रतियोगिताको फाइनल आगामी शनिबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुँदैछ। फाइनल प्रतियोगितामा मिसेस नेपाल वल्र्डसँगै ८औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि घोषणा गरिनेछ ।
विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिकामा हुने‘ मिसेस वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
महिला सशक्तीकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजना गरिँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण