सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजको राशिफल

वृषलाई सकारात्मक नतिजा हात लाग्ने योग, सोमबार अन्य राशिका लागि कस्तो ?

सोमबार, २४ कात्तिक २०८२, ०५ : ३०
सोमबार, २४ कात्तिक २०८२

वि.सं.२०८२ साल कार्तिक २४ गते । सोमबार । ईश्वी सन् २०२५ नोभेम्बर १० तारिख । नेपाल संवत् ११४६ । 

सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–पंचमी, ४ घडी २३ पला, बिहान ८ बजेर ४ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पुनर्वशु, ४८ घडी ३ पला, रातको १ बजेर ३२ मिनेट उप्रान्त तिष्य । 

योग–साध्य, ३२ घडी १३ पला, बेलुकी ७ बजेर १२ मिनेट उप्रान्त शुभ । करण–तैतिल, बिहान ८ बजेर ४ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर ११ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धूम्र योग । चन्द्रराशि–मिथुन, बेलुकी ७ बजेर ४६ मिनेट उप्रान्त कर्कट ।

सूर्योदय र सूर्यास्त

  • सूर्योदय: बिहान ०६ बजेर २२ मिनेट
  • सूर्यास्त: बेलुकी ०५ बजेर १२ मिनेट
  • दिनमान: २७ घडी ६ पला

आजको बार बेला र महत्त्वपूर्ण समय

शुभकार्य तथा यात्राका लागि लाभ बेला र अमृत बेलाको समय पारेर गर्नु उपयुक्त हुन्छ।

समय अवधि बेला (मुहूर्त)

  • बिहान ०६:२२ सम्म अमृत बेला
  • बिहान ०६:२३ देखि ०७:४३ सम्म काल बेला
  • बिहान ०७:४४ देखि ०९:०४ सम्म शुभ बेला
  • बिहान ०९:०५ देखि १०:२६ सम्म रोग बेला
  • बिहान १०:२७ देखि ११:४७ सम्म उद्धेग बेला
  • बिहान ११:४८ देखि ०१:०८ सम्म चर बेला
  • दिउँसो ०१:०९ देखि ०२:३० सम्म लाभ बेला
  • दिउँसो ०२:३१ देखि ०३:५१ सम्म अमृत बेला
  • दिउँसो ०३:५२ देखि ०६:५१ सम्म चर बेला

राहुकाल:

बिहान ०७ बजेर ४३ मिनेटदेखि बिहान ०९ बजेर ०४ मिनेटसम्म राहुकाल रहनेछ। (राहुकालमा कुनै पनि शुभ कार्य नगर्नुहोला।)

ब्रह्म मुहूर्त:

बिहान ०४ बजेर ४५ मिनेटदेखि बिहान ०५ बजेर ३३ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ।

  • आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्नेछन्, जसले गर्दा दिगो आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ। परिवारका साथमा रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ। तपाईंले थालनी गरेका कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुनेछ। व्यापार तथा सेयर बजारमा आज गरेको लगानीबाट नाफा कमाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विवादित विषयहरूको नतिजा तपाईंको पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण पनि बन्नेछ। समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरेर नाम र दाम दुवै कमाउन सकिनेछ। अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लाग्ने योग छ। तपाईंको व्यक्तित्वले सबैलाई मोहित पार्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

व्यवसायमा लगानी गर्दा तत्काल फाइदा नदेखिए पनि भविष्यका लागि राम्रो रहनेछ। आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेला रुपैयाँ पैसाको सङ्कट पर्न सक्छ। राजनीति तथा सामाजिक काममा जनताको सेवा गर्दागर्दै पनि आलोचना गर्नेहरू सक्रिय हुनेछन्। परिवारमा आफन्त तथा जीवनसाथीसँग मनमुटाब बढ्ने योग रहेको छ। प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकूल बन्नेछ। आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ। स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ। तर पनि, विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ। उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट लाभ हुनेछ। अध्ययन तथा कामको लागि छोटो दूरीको यात्रा गर्न सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

समय मध्यम रहेकोले व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ। दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग नहुँदा काम गर्न नसकेजस्तो महसुस हुनेछ। शत्रु, मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय छैन, ख्याल गर्नुहोला। माया प्रेममा मनमुटाब बढ्न सक्छ। सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू प्रयोग गर्दा ध्यान दिनुहोला। पढाइ लेखाइ तपाईंको आफ्नै कमजोरीले बिग्रनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ। अध्ययनमा समय दिएर आफ्नो ज्ञानलाई निखार्न सकिनेछ। आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ। प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईंको कामदेखि सबै खुसी हुनेछन्। सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमा गरिदिने हुँदा समय र रुपैयाँ पैसाको बचत हुनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

सामाजिक तथा परोपकारी काममा समय व्यतीत हुनेछ। सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोस जाँगर आउनेछ। शिक्षा कै सवालमा लामो दूरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। आफन्त तथा घर परिवारका सदस्यहरूसँग धार्मिक यात्रामा निस्कन सकिनेछ। अध्ययन तथा खोजमूलक काममा मन जाने योग रहेको छ। योग, ध्यान तथा धर्मकर्ममा मन जानेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आफन्त तथा चेली माइतीबिच मनमुटाब बढ्ने ग्रहयोग रहेको छ। व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ, ध्यान दिनुहोला। माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटबढ आउनेछ। समय तथा परिस्थितिअनुसार नचल्नाले दुःख पाइनेछ। सामान्य स्वास्थ्य समस्या आई उपचार खर्च बढेर जानेछ। पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

औद्योगिक क्षेत्र, सेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिने तथा बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ। शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन्। भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ। बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

विवाद तथा प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन्। आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन्। पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ। माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवनसाथीसँग रमाइलो यात्राको योग रहेको छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ। मन परेको मानिसबाट छोटो दूरीको यात्राको प्रस्ताव आउने तथा उपहार प्राप्त हुने योग रहेको छ। आफन्त तथा सन्तानबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ। राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आफन्तहरू टाढिने तथा पति पत्नीबिच सामान्य मनमुटाबको सिर्जना हुनेछ। पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ। व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनुपर्नेछ। तर पनि, कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी रुपैयाँ पैसा कमाउन सकिनेछ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप