राप्रपाकी एक्लो सांसदलाई मुख्यमन्त्री यादवले बनाए मन्त्री, लिङ्देनद्वारा फिर्ता हुन निर्देशन
सारांश
- मधेस प्रदेशमा राप्रपाकी सांसद कंचन विच्छा मन्त्री नियुक्त भएकी छिन्।
- मुख्यमन्त्री सरोज कुमार यादवले विच्छालाई मन्त्री बनाएका हुन्, तर राप्रपाले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस कार्यलाई अनुशासनको उल्लंघन भन्दै सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्।
काठमाडौँ । मधेस प्रदेशसभामा राप्रपाबाट एक्लो संसद रहेकी कंचन विच्छा मन्त्री बनेकी छन् । विवादका बिच सोमबार मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विच्छालाई मन्त्री बनाएका हुन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् गठन गर्दा उनको नाम पनि समेटिएको हो । जवकि राप्रपाले यसअघि नै संघ र प्रदेशसभाबाट फिर्ता हुने यसअघि नै निर्णय गरिसकेको थियो ।
सो निर्णयविपरीत एकाधबाहेक राप्रपाका प्रदेशसभा सदस्यहरु हालसम्म पदमै कायम भएका हुन् । यतिमात्रै होइन अहिले आएर मधेस प्रदेशमा राप्रपाका सांसद मन्त्री समेत भएकी हुन् ।
यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले यो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको टिप्प्णी गर्दै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन् ।
अन्यथा विधान बमोजिम कारवाही हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण