शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णकाे नाम सिफारिस

सोमबार, २४ कात्तिक २०८२, १९ : ०८
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
  • मन्त्री जगदीश खरेलका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ।

काठमाडाैँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि  राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरिएकाे छ । 

भण्डारी मधेस प्रदेशकाे मुख्यमन्त्रीमा सराेज यादवकाे नियुक्ति र शपथ विवादमा परेकी थिइन् । बिरामी भएँ भनेर जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान सिन्धुलीको एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप