शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जाडोमा दिनहुँ नुहाउनु जरुरी छ ?

मङ्गलबार, २५ कात्तिक २०८२, ०७ : ०७
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • जाडोमा नियमित नुहाउँदा स्वास्थ्य र सरसफाइमा फाइदा पुग्छ, तर कतिपय अवस्थामा नुहाउन नपाइए के हुन्छ भन्नेबारे जानकारी दिइएको छ।
  • शरीरको आवश्यकताअनुसार एक वा दुई दिनको फरकमा नुहाउनु उपयुक्त हुन्छ, तर ३० दिनसम्म ननुहाउँदा छाला र स्वास्थ्यमा समस्या आउन सक्छ।
  • लेखमा नुहाउनका लागि विभिन्न सुझावहरू दिइएको छ, जसमा मनतातो पानी प्रयोग गर्ने र छाला सुख्खा भएमा पुछ्ने जस्ता उपायहरू समावेश छन्।

काठमाडौँ । जाडोमा नुहाउनुलाई कतिपयले ‘बाघ मार्नु’ भन्छन् । जाडो महिनामा बिहान सबेरै उठेर चिसो पानीले नुहाउनुपर्दा धेरैलाई सकस हुन्छ । यस्तो धेरैले हरेक दिन किन नुहाउने भनी आफैँसँग प्रश्न पनि गर्छन् । केही दिन नुहाइएन भने के हानि गर्ला ? यस विषयमा बुझौँ 

जाडोमा कम तापक्रमको कारणले गर्दा शरीरमा कम पसिना आउँछ । त्यसैले दैनिक ननुहाउँदा तत्काल कुनै हानि हुँदैन । यद्यपि, नुहाइधुवाई पूरै छोड्नु राम्रो विचार भने होइन, यो तपाईंको दैनिक दिनचर्या र शरीरको आवश्यकतामा निर्भर गर्दछ । 

– तपाईँ धेरै हिँडडुल गर्नु हुन्छ वा परिश्रम गर्नु हुन्छ, व्यायाम गर्नुहुन्छ वा बाहिर खुलामा काम गर्नु हुन्छ भने दिनहुँ नुहाउनु राम्रो हुन्छ । 

– तर तपाईँ घरमै बसिरहनुहुन्छ, कम सक्रिय हुनुहुन्छ भने एक दिनको अन्तरमा नुहाउँदा पनि हुन्छ । 

–धेरै तातो पानीले नुहाउनु हुँदैन, छालाको लागि मनतातो पानी राम्रो हुन्छ । 

तीन दिनसम्म ननुहाउँदा के हुन्छ ? 

आलस्य वा चिसोको कारणले जाडोमा हामी कयौँ दिनसम्म नुहाउँदैनौँ । यस्तो अवस्थामा शरीरमा हल्का प्रभाव देखिन सक्छ ।  

–हल्का गन्ध: छालामा ब्याक्टेरिया पसिनासँग मिलेर गन्ध उत्पन्न गर्न सक्छ । 

– छाला चिलाउँछ वा चिपचिप हुन्छ:  मृत छाला र तेल जम्मा भएर छालालाई असहज बनाउन सक्छ ।  

–सरसफाइको कमी: काखी, घाँटी र खुट्टा जस्ता क्षेत्रहरूमा ब्याक्टेरिया उत्पन्न हुन सक्छ ।

तर ३ दिनसम्म नुहाउनाले कुनै गम्भीर रोग लाग्दैन । यदि यो नियमित बानी बन्छ भने यसले छालाको सङ्क्रमण र दुर्गन्धसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ । 

३० दिनसम्म नुहाएन भने के हुन्छ ?  

पूरै महिनासम्म ननुहाईकन बस्नु शरीरका लागि हानिकारक हुन सक्छ । यसले दुर्गन्ध मात्र होइन, अन्य धेरै शारीरिक समस्याहरू पनि निम्त्याउन सक्छ । 

–छाला पत्र जम्नु: फोहोर र मृत कोशिकाहरू जम्मा भएर छालामा बाक्लो तह बनाउँछन्, छिद्रहरू बन्द हुन्छन् । 

–संक्रमणः फंगस र ब्याक्टेरिया द्रुत गतिमा बढ्न सक्छन्, जसले गर्दा फोहोर खटिरा, चिलाउने र दागहरू निम्त्याउँछन् । 

–शरीरको कडा गन्ध: ननुहाउँदा शरीरमा कडा गन्ध आउन सक्छ । 

– सामाजिक प्रभाव: कडा गन्ध र अस्वच्छताले आत्मविश्वासमा कमी आउँछ र सामाजिक असहजता बढाउन सक्छ । 

३० दिनसम्म ननुहाईकन बस्नु भनेको छाला र सामाजिक दृष्टिकोण दुवैबाट हानिकारक छ । यो बानीले सङ्क्रमण र छाला रोग निम्त्याउन सक्ने डाक्टरहरू बताउँछन् । 

ननुहाईकन कति दिनसम्म बस्न सकिन्छ ? 

प्रत्येक व्यक्तिको जीवनशैली र वातावरण फरक हुन्छ । यद्यपि, केही सामान्य मापदण्डहरू पालना गर्न सकिन्छः 

– १–२ दिनको अन्तरमा नुहाउनु जाडोमा सामान्य र सुरक्षित मानिन्छ । 

–३–४ दिनमा नुहाउँदा शरीरमा हल्का गन्ध, चिलाउने, वा सुख्खापन सुरु हुन सक्छ । 

–७ दिनमा नुहाउँदा सङ्क्रमण र गन्धको जोखिम बढ्छ । 

–३० दिनः यो अवधि ननुहाईकन बस्नु धेरै हानिकारक छ । यसो गर्दा छाला रोग र फंगसको जोखिम उच्च हुन्छ । 

त्यसैले, एक दिन बिराई नुहाउने प्रयास गर्नुहोस् वा कम्तीमा शरीरको मुख्य भागहरू सफा गर्नुहोस् । विशेष गरी काखी, घाँटी, तिघ्रा र खुट्टा जस्ता पसिना आउने क्षेत्रहरू सफा गर्नुपर्छ । 

जाडोमा नुहाउनका लागि टिप्स

–धेरै तातो पानीबाट नुहाउनबाट बच्नुहोस् । मनतातो पानी पर्याप्त हुन्छ । 

– नुहाएलगत्तै बडी लोशन वा मोइस्चराइजर लगाउनुहोस् । 

–हरेक दिन पूरा नुहाउन सम्भव छैन भने, ‘स्पट क्लिनिङ’ (शरीरका मुख्य हिस्सा सफा गर्ने) को  प्रयास गर्नुहोस् । 

–छाला धेरै सुक्खा छ भने, नुहाउनुको सट्टा हल्का ओसिलो तौलियाले पुछ्नुहोस् । 

 

निष्कर्ष

 जाडोमा नुहाउने आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ । यद्यपि, सरसफाइ, आत्मविश्वास र छालाको स्वास्थ्यको लागि नियमित नुहाउनुको विकल्प छैन । तपाईँ आफ्नो दैनिक दिनचर्या अनुसार नुहाउने अन्तरालहरूमा हेरफेर गर्न सक्नुहुन्छ । तर तीन दिनभन्दा बढीको अन्तर स्वास्थ्यकर हुँदैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप