शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

घाइते श्रीमतीको उपचारमा सरकारले बेवास्ता गरेको भन्दै खनालको आक्रोश

बिहीबार, २७ कात्तिक २०८२, १९ : ३९
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले श्रीमतीमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरे।
  • जेनजी आन्दोलनका क्रममा खनालको घरमा आगजनी भएको थियो, जसमा उनकी श्रीमती गम्भीर घाइते भइन्।
  • खनालले सरकारले चित्रकारको उपचारमा बेवास्ता गरेको भन्दै प्रश्न उठाए, किनभने सरकारले निःशुल्क उपचारको घोषणा गरेको थियो।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरी हत्या प्रयास भएको थियो । 

चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहेकी चित्रकार गम्भीर घाइते भएकी छिन् । उनी अहिले अस्पतालमा उपचाररत छिन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाए । 

उनले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताए । चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा बेवास्ता गरिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाए । सरकारले जेन–जी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन छ ।

घर जल्यो, सम्पत्ति खरानी, बैंक खाता शून्य

घटनाको क्रूरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पत्ति नष्ट भएको छ । 

आफूसँग धेरै सम्पत्ति नभएको बताउँदै उनले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गरे । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप