समीर अली लुम्बिनी लायन्सको आइकोनिक खेलाडी घोषित
सारांश
- लुम्बिनी लायन्सले समीर अली मुसलमानलाई आफ्नो आइकोनिक खेलाडीको रूपमा चयन गरेको छ।
- समीरले एनपीएलको दोस्रो संस्करणका लागि भैरहवा ट्यालेन्ट हन्टबाट यो स्थान सुरक्षित गरेका हुन्।
- आशुतोष पाण्डे र दिनेश बोहरालाई 'हिरो खेलाडी' को रूपमा टोलीमा अनुबन्ध गरिएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले युवा खेलाडी समीर अली मुसलमानलाई आफ्नो आइकोनिक खेलाडीको रूपमा छनोट गरेको छ।
भैरहवामा सम्पन्न ट्यालेन्ट हन्टको अन्तिम चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै समीरले एनपीएलको दोस्रो संस्करणका लागि यो स्थान सुरक्षित गरेका हुन्।
कोहलपुर र भैरहवामा आयोजना गरिएको ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीसहित कुल ३ उत्कृष्ट खेलाडी छनोट गरिएको हो। आइकोनिक खेलाडीका रूपमा छानिएका समीर एक विकेटकिपर ब्याटर हुन् र उनले मध्यक्रममा ब्याटिङ गर्दछन्। यसअघि उनले लुम्बिनी प्रदेशबाट यू-१९ र यू-१६ प्रतियोगितामा समेत आफ्नो प्रतिभा देखाइसकेका छन्।
समीरसँगै आशुतोष पाण्डे र दिनेश बोहरालाई 'हिरो खेलाडी' को रूपमा टोलीमा अनुबन्ध गरिएको छ। समीरले मुख्य स्क्वाडमा स्थान बनाउँदा आशुतोष र दिनेश पनि टिमसँगै रहनेछन्।
लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक तथा पूर्व राष्ट्रिय कप्तान शक्ति गौचनका अनुसार ट्यालेन्ट हन्टमा करिब एक सय खेलाडीले सहभागिता जनाएका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले भैरहवाको एक्सट्राटेक ओभलमा आफ्नो तयारीलाई तीव्र बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण