सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ : गगन थापा

‘अब मङ्सिर २७ गते विशेष महाधिवेशन हुन्छ’
बिहीबार, २७ कात्तिक २०८२, १९ : ४५
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्ने उल्लेख गर्दै उनले महाधिवेशन नगरी निर्वाचनमा जानु भनेको कमजोरी नस्विकारी जनादेश माग्न गएको अवस्थामा जनताले साथ नदिने बताए । 

कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने नभई सम्हाल्ने भएको समेत थापाले बताए । 

महामन्त्री थापाले भने,‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने तपाईँहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो। त्यसैले अब नियमित महाधिवेशनको अध्याय बन्द भयो । अब मङ्सिर २७ गते विशेष महाधिवेशन हुन्छ ।’

गत भदौ २३ को घटना हुँदा कांग्रेस पनि सरकारमा भएकोले आफ्नो भागमा परेको जिम्मा लिने महामन्त्री थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप