पूर्व जनमुक्ती सेनाको पहलमा प्रचण्डको गृह जिल्ला चितवनमा जनार्दन शर्माको नयाँ प्रगतिशील अभियान सुरु
चितवन : तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत बाम दलबिचको एकता प्रक्रियामा सहभागी नहुँदा आफ्नो अलग सक्रियता चितवनमा बढाएका छन् ।
शर्माले गठन गरेको प्रगतिशील राष्ट्रिय अभियान नेपालको आइतबार चितवनमा जिल्ला समिति घोषणा गरिएको छ। अभियानको चितवन संयोजकमा दिपक शाही रहेका छन्। शाही तत्कालीन माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय सदस्य हुन् ।
त्यसैगरी, प्रदेश सदस्य ऋषि चापागाईँ र भरतपुर महानगर उपाध्यक्ष पवित्रा रिजाल पनि शर्माको अभियानमा सक्रिय सहभागी भएका छन् । अभियानको केन्द्रीय प्रतिनिधि बनेर सुदर्शन पौडेल कार्यक्रममा उपस्थित थिए। पौडेल माओवादी द्वन्द्वकालीन समयमा चितवनको पहिलो ‘जनसरकार’ प्रमुख रहिसकेका छन् र हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
सुदर्शन पौडेलले भने, “आजदेखि चितवनमा हाम्रो सक्रियता र अभियान औपचारिक रूपमा सुरु भएको घोषणा गर्दछौँ।”
अभियानका चितवन संयोजक दिपक शाहीले भने, “हाम्रो उद्देश्य भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापना गर्नु हो। एक व्यक्तिमा आधारित निरङ्कुश केन्द्रीयतामा नभई, युगबोध अनुरूपको नयाँ प्रकारको राजनीतिक दल निर्माण गर्न लागेका छौँ। नेतातन्त्रको अवसान गर्दै नयाँ पार्टी र शासन पद्धति विकास गर्ने हाम्रो लक्ष्य हो।”
चितवन प्रचण्डको गृह जिल्ला पनि हो। यस अभियानमार्फत शर्माले तत्कालीन माओवादी केन्द्र र नयाँ एकीकृत पार्टीबाट अलग सक्रियतामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्य राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण