सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

महिनाको पहिलो दिन कुन राशिलाई कस्तो लाभ ? हेर्नुहोस् आजको राशिफल

सोमबार, ०१ मङ्सिर २०८२, ०४ : ५४
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • आजको पञ्चाङ्गले वि.सं. २०८२ साल मङ्सिर १ गतेको राशिफल प्रस्तुत गर्दछ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलले विभिन्न अवसर र चुनौतीहरू औंल्याउँछ।
  • शुभ र अशुभ समय, राहुकाल र ब्रहा मुहूर्तको जानकारी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल मङ्सिर १ गते । सोमबार । ईश्वी सन् २०२५ नोभेम्बर १७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–त्रयोदशी, अहोरात्र । नक्षत्र–चित्रा, ५८ घडी ५२ पला, रातको ६ बजेर ० मिनेट उप्रान्त स्वाती । योग–प्रिती, ८ घडी २० पला, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण–गर, बेलुकी ६ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–कन्या, बेलुकी ४ बजेर ५६ मिनेट उप्रान्त तुला ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ४५ पला ।  

आजको बार बेला ।

  • बिहान ६ बजेर २७ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर २८ मिनेटदेखि बिहान ७ बजेर ४७ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ४८ मिनेटदेखि बिहान ९ बजेर ८ मिनेटसम्म शुभ बेला ।
  • बिहान ९ बजेर ९ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २९ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म लाभ बेला ।
  • दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
  • दिउसो ३ बजेर ५० मिनेटदेखि बेलुकी ६ बजेर ४९ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर ४७ मिनेटदेखि बिहान ९ बजेर ७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ५० मिनेटदेखि बिहान ५ बजेर ३८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायबाट आम्दानी बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घर परिवार तथा आफन्तकाबिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन तथा पराक्रम भावमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बालिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ । राशि स्वामीको शुभ प्रभावले जग्गा जमिनको कारोबारबाट फाइदा हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि  विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ । साँझपख समाजमा राम्रा काम गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ  । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापार र शेयर बजारमा लगानी बढाइँ आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गर्न पाइनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजीमूलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइ कै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नुपुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।  साँझबाट समय राम्रो रहेकोले अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार, शेयर बजार तथा उद्योगेमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ ।  व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप